शनिबारः बुटवलमा कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशको बुटवलमा शनिबार दुई जनाको कोरोनाभाइरस संक्रमितको निधन भएको छ । यीमध्ये एक जनाको शुक्रबार राति नै निधन भएको हो । बाँकेमा एक पुरुषको निधन भएको हो । 

त्यस्तै, शनिबार विहान नै रुपन्देहीमा थप एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार विहान निधन भएको हो ।

५ कात्तिकमा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यही दिन अस्पताल भर्ना भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो । 

उनी फोक्सोका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा ५६ जनाको निधन भएको छ । लुम्बिनी प्रदेशमा मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १०:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया