२४ घन्टामा थपिए २२२५ कोरोनाभाइरस संक्रमित

पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार थपिनेमा ७ सय ७९ जना महिला छन् भने १ हजार ४ सय ४६ जना पुरुष रहेका छन् । 

यीमध्ये ६ जिल्लामा १ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

सबैभन्दा धेरै काठमाडौंमा ८ सय ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

त्यस्तै, मोरङमा १ सय १ जना, भक्तपुरमा १०२ जना, ललितपुरमा १ सय ७६ जना, रुपन्देहीमा १ सय ४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

सार्कका ८ राष्ट्रमध्ये नेपाल कोरोना संक्रमित निको भएको संख्याको आधारमा ७ औं स्थानमा छ । नेपालमा अहिलेसम्म ६९.८ प्रतिशतले कोरोना संक्रमण जितेका छन् । नेपालमा अहिले सक्रिय केसहरु २९.७ प्रतिशत रहेको छ । नेपालमा ०.५ प्रतिशत संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका छन् । 



काठमाडौंमा अहिले सक्रिय संक्रमितको संख्या २० हजार ७ सय २२ रहेको छ । काठमाडौंमा अहिलेसम्म ३४ हजार १ सय ६३ जनाले कोरोना जितेका छन् । काठमाडौंमा १ सय ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै, काठमाडौं उपत्यकाको अर्को जिल्ला भक्तपुरमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५४ रहेको छ । भक्तपुरमा ५ हजार १ सय ५० जना संक्रमित भएका छन् भने यी मध्ये ३ हजार ६ सय  ४१ जनाले कोरोना जितेका छन् । भक्तपुरमा ५५ जनाले अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाएका छन् । 



त्यस्तै, ललितपुरमा २ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा अहिलेसम्म ७ हजार ७ सय ३६ जनाले कोरोनाभाइरस संक्रमण भोगेका छन् । यीमध्ये ५ हजार १ सय ४९ जनाले कोरोना जितेका छन् । ५४ जनाले ललितपुरमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण १३ जनाले ज्यान गुमाएका छन् । यही समयमा २ हजार ८ सय ४६ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १६:२५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया