कर्णाली प्रदेशले कोरोना संक्रमितको उपचारमा शुल्क नलिने

सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला विभिन्न प्रदेशले भने कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरिरहेका छन् । 

यसमा थपिएको छ, कर्णाली प्रदेश । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो ।

सङ्घीय सरकारले भने कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने अन्यले आफैँ उपचार गर्नुपर्ने निर्णय गरेको छ । केन्द्र सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १७:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया