प्रधानमन्त्री र रअ प्रमुखबीचको छलफल गोप्य रहनु आपत्तिजनक : विप्लव

प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुखबीचको भेटको विषय सार्वजनिक गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले माग गरेको छ ।

नेकपाको जनपरिषद नेपालले विज्ञप्ति जारी गर्दै गत बुधबार राति प्रधानमन्त्री केपी ओली र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै केन्द्रीय जनपरिषद, नेपालका प्रमुख सन्तोष बुढामगरले छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् ।

 ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मको लज्जास्पद विषय हो,’ बुढामगरको विज्ञप्तिमा भनेका छन्, ‘यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ ।’ 

भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय भन्दै विज्ञप्तिमा तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार २१:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया