धरानमा थप २ कोरोना संक्रमितको निधन

धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । 

मृत्यु हुनेमा मोरङका ६३ वर्षका पुरुष र सुनसरीकी ८३ वर्षकी महिला रहेका छन् । 

शनिश्चरे घर भएका मृतक पुरुषमा १ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ४ कार्तिकमा अस्पताल भर्ना भएका थिए । उनलाई मधुमेहको समस्या रहेको थियो । 

उनको आइतबार राति १० बजे निधन भएको हो । 

त्यस्तै, धरानकी मृतक महिलामा पहिले उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार ९:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया