जाजरकोटमा आगलागीमा परी पाँच घर नष्ट

जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट आगलागी सुरु भएको थियो । 

आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ । 

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए ।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार १८:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया