२७ सय परीक्षण हुँदा २४ घन्टामा थपिए ५ सय ७० कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ७० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २ सय ११ महिला र ३ सय ५९ पुरुष गरि ५ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

केही दिन यता नेपालमा दैनिक कम्तिमा पनि ३ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका थिए । तर, आज ५ सय ७० जना मात्र कोरोभाइरस संक्रमित थपिएका छन् । 

यस्तो हुनुको कारण हो, पछिल्लो २४ घन्टामा गरिएको अत्यन्त कम परीक्षण । पछिल्लो २४ घन्टामा २ हजार ७ सय २५ पिसिआर परीक्षण मात्र गरिएको छ । यही कारण पनि नेपालमा पछिल्लो २४ घन्टामा थपिएको संक्रमितको संख्या कम देखिएको हो । 

यही २४ घन्टामा नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चाहिँ १४ रहेको छ ।

यही २४ घन्टामा काठमाडौंमा २ सय ५२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यीमध्ये ९७ जना महिला र १ सय ५५ जना पुरुष रहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १६:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया