बाराको कपडा उद्योगमा आगलागी, एक करोडबराबरको क्षति

बाराको एक कपडा उद्योगमा आगलागी हुँदा करिब एक करोडबराबरको क्षति भएको छ । छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा आगलागी हुँदा एकजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय जितपुरका अनुसार मंगलबार दिउँसो पौने ३ बजे आगलागी सुरु भएको थियो । आगलागीपछि जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । 

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा सल्किएको आगो उद्योगभरि फैलिएको थियो । आगलागीमा परी उद्योगकै कामदार भारतीय नागरिक सतीशकुमार महतो घाइते भएका छन् । 

उनको दायाँ हात र अनुहारमा आगोले पोलेको र वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १७:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया