बलात्कारको आरोपमा धामी पक्राउ

उदयपुरमा बलात्कारको आरोपमा एक धामी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङ्की निवासी धामीले माता उतार्ने भन्दै विभिन्न महिलालाई पटक–पटक बलात्कार गरेको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठ छन् । उनलाई लाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताएका छन् । 

प्रारम्भिक अनुसन्धानमा उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक–पटक यौन तथा आर्थिक शोषण गरेको देखिएको छ ।

पक्राउ परेका धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले आफूले पनि त्यसै गर्ने गरेको बयान दिएका छन् । 

उनीसँगै मतियारका रुपमा काम गर्ने एक ४५ वर्षीय महिलालाई पनि प्रहरीले अनुसन्धानको दायरामा राखेको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार २०:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया