सुशान्त घटनामा नयाँ मोड, उनकाे हत्या हुँदा घरमा मन्त्रीसमेत भएकाे भाजपा नेताकाे दाबी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब चार महिना भइसकेको छ । तर, यो विषयमा अहिलेसम्म भारतमा नयाँ नयाँ चर्चा हुन छोडेको छैन । 

सुशान्तले आफ्नै निवासमा आत्महत्या गरेपछि सुरु भएका विभिन्न अनुसन्धानहरु अहिले पनि चलिरहेका छन् । 

अनि सुशान्तका प्रशंसकहरुले सामाजिक सन्जालमा अझै पनि सुशान्तलाई न्याय मिल्नु पर्ने बताइरहेका छन् ।

यहीबीच सुशान्तको हत्या नभएर आत्महत्या भएको उनको शव पोस्टमार्टम गर्ने चिकित्सकहरुले यसअघि प्रष्ट्याएका थिए । 

तर, भारतीय जनता पार्टीका सांसद नारायण राणेले फेरि सुशान्तको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् । 

भारतीय मिडिया भास्करडटकममा प्रकाशित समाचार अनुसार भाजपा सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तको आत्महत्या होइन, हत्या हो । त्यति बेला उनको घरमा मन्त्री पनि थिए । मसँग प्रमाण छन् ।’



राणेले यो सबै प्रमाण आफूले सिबिआइलाई दिने पनि बताएका छन् । 



  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १०:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया