‘केन्द्रीय बैठक स्थगित गर्नु नेताहरु असक्षम हुनुको प्रमाण’

लामो समयदेखि माग गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । 

यसपटक कोरोनाभाइरस महामारीका कारण बैठक स्थगित भएको भनिएको छ । 

तर, बैठक स्थगित भएसँगै नेकपाका केही केन्द्रीय सदस्यहरु असन्तुष्ट भएका छन् । 

नेकपा नेता ठाकुर गैरेले अहिले केन्द्रीय कमिटी बैठक स्थगित गरिनुले नेकपा नेताहरुको असक्षमता देखाएको टिप्पणी गरेका छन् । फरकधारसँग कुरा गर्दै गैरैले भने, ‘यसअघि न पार्टी एकताको काम तीन महिनामा सकिने भन्ने वाच गरेर त्यो सकियो, न यसअघि नेताहरुले आफ्ना कमिटमेन्ट पूरा गरेका छन् न यसपटक स्थायी कमिटी बैठकबाट भएको निर्णयअनुसार केन्द्रीय कमिटी बैठक नै गरियो ।’

‘यसले अहिले पार्टी चलाउन शीर्ष नेताहरु असक्षम भएको प्रमाणित गरेको छ,’ गैरेले भने, ‘अन्यथा स्थायी कमिटी बैठकबाटै गरिएको निर्णयलाई अहिले अचानक परिवर्तन गरिनु आवश्यक नै थिएन ।’

गैरेले कोरोनाभाइरस महामारी निकै ठूलो समस्या भए पनि सामाजिक दूरी कायम गरेर नेकपा बैठक गर्न सकिने तथ्यलाई पनि औंल्याए । ‘हो, अहिले हामी सबै कोरोनाभाइरस महामारीबाट बच्नु छ, सबैलाई बचाउनु पनि छ,’ उनले भने, ‘तर, विशेष सुरक्षा सतर्कता अपनाएर र स्वास्थ्य मापदण्ड पालना गरेर बैठक गर्न सकेको भए यसले पार्टीलाई सकारात्मक दिशामा डोर्याउन सहयोग गथ्र्यो ।’





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १४:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया