अछाममा उपाध्यक्षले नै लगाइन् गाउँपालिकामा ताला

अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षले ताला लगाइदिएकी छिन् । 

गाउँपालिका सरकारले एकतन्त्रीय शासन व्यवस्था र तानाशाही शैलीमा काम गरेको आरोप लगाउँदै गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बुधबार गाउँपालिकामा तालाबन्दी गरेकी हुन् । उनले यो तालाबन्दी अनिश्चितकालका लागि भएको बताएकी छिन् । 

रावलले एक विज्ञप्ति पनि जारी गरेकी छिन् । गाउँपालिका नीति र नियमा, विधि र विधानमा नचलेको र आफ्ना अधिकारसमेत खोसिएको रावलले विज्ञप्तिमा उल्लेख गरेकी छिन् । 

पालिकाको नेतृत्वले स्थानीय सरकार सन्चालन ऐन बिपरित रुपमा उपाध्यक्षका अधिकारसमेत खोसेको उनको आरोप छ । गाउँपालिकाका अध्यक्ष झंकर साउद पर्तीलक्षित उनको विज्ञप्तिमा नियुक्तिदेखि अनुगमनसम्म आफ्नो अनुपस्थितिमा भएको आरोप लगाइएको छ ।

रावलले स्थानीय सरकार संचालन ऐन विपरित उपाध्यक्षको अधिकार खोसेर काम भइरहेको पनि आरोप लगाएकी छिन् । उनले योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भएपनि अनुगमन प्रतिवेदनविना योजनाको भुक्तानी दिन लगाएको आरोपसमेत लगाएकी छिन् ।

गाउँपालिकामा कर्मचारी भर्ना तथा छनौटमा अनियमिता गरेको आरोप पनि उनले लगाएकी छिन् । उनले विज्ञप्तिमा योजना छनोटमा समेत केन्द्रीय लादिएको र जनमतको अपमान भएको आरोप लगाएकी छिन् । 



गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको उनले विज्ञप्तिमा दाबी गरेकी छिन् । 

यो गाउँपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो ।



  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १५:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया