सुदूरपश्चिममा निःशुल्क कोराेना परीक्षणलाई निरन्तरता

विभिन्न प्रदेशले कोरोना परीक्षण निःशुल्क गर्ने घोषणा गरिरहेका छन् । यो सूचीमा सुदूरपश्चिम प्रदेश पनि पर्ने भएको छ । 

सो प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना निःशुल्क परीक्षण हुने र उपचार पनि निरन्तर हुने जनाएका छन् । उनले कोभिड–१९ विरुद्ध एकजुट भएर लाग्न सबैलाई सुझाब दिएका छन् । 

प्रदेश सरकारले कोरोना जाँच र उपचार निःशुल्क गरे पनि सजग भएर हिँड्नुपर्ने मुख्यमन्त्री भट्टले बताए । उनले भने, ‘ कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका छौँ, नागरिकले पनि कोरोना जोखिमबाट बच्न सावधानी अपनाउनुपर्ने हुन्छ ।’





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १७:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया