राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर ह्याण्डल @ShitalNiwas बुधबार एकाएक गायब भएको छ। राष्ट्रपति कार्यालयका राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका प्रसाद ढकालले प्राविधिक समस्या देखिएकाले उक्त ट्विटर ह्याड्डल बन्द गरेको जानकारी दिएका छन्।
राष्ट्रपति कार्यालयको सूचनाका लागि तत्कालै नयाँ ट्विटर खाता बनाउने समेत जानकारी ढकालले दिएका छन्। ट्विटरले प्रमाणित गरेको राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट एकाएक किन बन्द भयो भनेर अहिले ट्विटर तिर निकै हल्लीखल्ली छ।
जसको खाता हो त्यसको आधिकारिक काजगपत्र नपाइकन ट्विटरले खाता प्रमाणित(भेरिफाइड) गर्दैन। राष्ट्रपति कार्यालयबाटै भेरिफाइड अकाउन्ट यसरी बन्द गरिएको छ।
राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ ढकालले खाता बन्द गरिएको जानकारी दिँदै गरिएको ट्विटमा विभिन्न खाले प्रतिक्रिया दिएका छन्। राष्ट्रपति कार्यालयको नाममा रहेको यस ट्विटर ह्याण्डल पहिले कांग्रेस नेता गगन थापाको नाममा कोही व्यक्तिले चलाइएको प्यारोडी अकाउन्ट @thapagk1 भएको आरोप लगाएका छन्। कुनै नेकपा कार्यकर्ताले गगनलाई उडाउन चलाएको त्यही ट्विटरको खातालाई राष्ट्रपति कार्यालय खातामा बदलेको आरोप लगाइएको छ ।
त्यो कुराको खुलासा भएर धेरैले आलोचना गरेपछि थप आलोचित होइएला भन्ने डरले प्रेस विज्ञ ढकालले हतार–हतारमा खाता बन्द गरेको आरोप धेरैले लगाएका छन्। ढकालले भने पहिल्यैदेखि प्रयोगमा रहेको राष्ट्रपति कार्यालयको खातालाई आफैँले २ दिनअघि मात्रै भेरिफाइड गराएको दावी गरेका छन्। थप सुरक्षासहति अर्को खाता बनाउने तयारी भइरहेको बताएका छन्।
गगन थापाको नक्कली अकाउन्ट कसले बनाएछ भनेर गरिएका केही ट्विटहरुमा त्यो ह्याण्ड मेन्सन भएको देखिन्छ।
राष्ट्रपति कार्यालयले ट्विटरमा आफूलाई ब्लक गरेको गुनासो गर्नेहरु पनि भेटिएका छन्। राष्ट्रपति कार्यालयले एक सर्वसाधारणलाई ब्लक नै गर्नुपर्ने सम्मको इगो त पक्कै नराख्नु पर्ने हो। यस्ता कारणले पनि राष्ट्रपति कार्यालयको त्यो ट्विटर ह्याण्डलबारे शंका उब्जिएको भने देखिन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।