चितवनमा थप एक जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ७३ वर्षका वृद्धको कोरोनाका कारण निधन भएको हो । उनी खैरहनी नगरपालिका १३ का हुन् ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी ३ कार्तिकमा अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति निधन भएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।