फिफा अध्यक्षलाई कोराना संक्रमण

विश्व फुटटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनोलाई कोरोना संक्रमण पुष्टि भएको छ । फिफाले बुधबार उनलाई कोरोना संक्रमाण पुष्टि भएको जानकारी गराएको हो । 
५० वर्षीय विश्व फुटबलका प्रमुखलाई कोरोनाका केही लक्षण देखिएको र हाल उनी सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ ।  

‘हाम्रा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँमा केही लक्षणहरु देखिएका छन् र हाल सेल्फ आइसोलेसनमा नै हुनुहुन्छ । कम्तिमा पनि १० दिन उहाँ क्वारेन्टाइनमै रहनु हुनेछ ।’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

फिफाले केहि दिन यता इन्फान्टिनोको सम्पर्कमा आउने सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १४:३२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया