भोलि प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश २ मा भोलि शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीका अवसरमा सार्वजानिक विदा दिइएको हो । 

मुख्यमन्त्री लालबाबु राउतले एक सूचना जारी गर्दै शुक्रबार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेका छन् । 

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १५:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया