भियतनाममा २० वर्षयताकै ठूलो आँधी, पहिरोमा परी १६ जनाको मृत्यु

 भियतनाममा पहिरो जाँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो  गएको गएको भियतनामको सरकारी समाचार संस्थाले जनाएको छ ।

नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।  पहिरोमा परी ४५ जना भन्दा धेरै हराइरहेको भियतनामी मिडियालाई उद्धृत गर्दै सिजीटीएनले खरब दिएको छ ।  

वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ ।  प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभाबकारी बनाउन निर्देशन दिएका छन् । 

भियतनाममा २० वर्ष यताकै सबैभन्दा ठूलो आँधी आएको छ । यही आँधीका कारण वर्षासँगै पहिरो गएको हो । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १५:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया