भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये करिब ९१ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् । संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ । भारतमा पछिल्ला केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।
कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख छ ।
पछिल्लो २४ घण्टामा मृत्यु भएकामध्ये महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडुका ३५ तथा केरलाका २७ जना छन् ।
मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।