२३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज
फरकधार / १३ कात्तिक, २०७७
फाइल फोटो

पछिल्लो २४ घण्टामा देशभर २३६४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार थप  २३६४ मा संक्रमण पुष्टि भएको हो।

जम्मा संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३८ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ। 

  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १६:३४:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया