सांसदले सुधारिएको नयाँ लोगो प्रयोग गर्न थाले
फरकधार / १३ कात्तिक, २०७७

नेपालको नयाँ नक्सा सार्वजनिक भएसँगै संघीय संसद सचिवालयले सांसदहरुका लागि तयार गरेको लोगो भद्दा भएको भन्दै सर्वत्र आलोचना भएपछि सचिवालयले लोगो सुधार गरेको छ । संसद सचिवालयले सुधारिएको सो लोगोको वितरण पनि सुरु गरेको छ । 

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगोको डिजाइन टेकवीर मुखियाले गरेका हुन् ।

सुधारिएको लोगोमा लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा राखिएको छ । सुनको जलपयुक्त लोगोमा यसअघि झण्डाको रंगसमेत लतपतिएको थियो । 

लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो । तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भएलगत्तै नक्साको विरोध भएको थियो । विवादमा परेपछि उद्योगले निःशुल्क लोगो परिवर्तन गरिदिएको हो ।

सांसदले नयाँ लोगो प्रयोग गर्न थालेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् । प्रतिलोगोमा सचिवालयले ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको थियो ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १६:३६:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया