कोरोनाको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अस्पतालबाटै मुख्यमन्त्री पौडेलको अनुरोध

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गरेका छन् । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले बिहीबार एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका हुन् । 

पौडेलले आफू र श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँडै निको भएर नियमित कार्यमा फर्कने उल्लेख गरेका छन् । 

उनले सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक ७ गतेदेखि श्रीमतीसहित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गङ्गालालमै  मुटुको एन्जिओप्लास्टी गरेको जानकारी दिँदै उपचारारत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । 

‘यहाँहरुले गर्नुभएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोनाविरुद्धको लडाइँमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार व्यक्त गर्न चाहान्छौँ,’ उनले भनेका छन्, ‘आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा-अपनाउँदै पनि हामी कोरोना सङ्क्रमित भयौँ । उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धेरै-धेरै आभार व्यक्त गर्दछौँ ।’





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १८:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया