खुल्न थाले वीरगन्जका विद्यालय, विद्यार्थीलाई मूलगेटमै ‘स्यानिटाइज’

वीरगन्जमा निजी विद्यालयहरुले ८ देखि १० कक्षासम्मको अध्ययन–अध्यापन सुरु गरेका छन् । कोरोना संकटका कारण लामो समयदेखि बन्द रहेका विद्यालय बिहीबारदेखि खुलाइएको हो ।

वीरगन्जका दुई दर्जनभन्दा बढी विद्यालयहरुले विद्यार्थीलाई अनिवार्य मास्क लगाएर विद्यालय आउन उर्दी जारी गरेका छन् भने विद्यालय प्रवेश गर्नुअघि मूलगेटमै अनिवार्य स्यानिटाइजको व्यवस्था गरिएको छ । 

विद्यालय खुलाउनका लागि वीरगन्ज महानगपालिका अनुमति दिएसँगै पठनपाठन सुचारु हुन लागेको हो । 

नगरप्रमुख विजयकुमार सरावगीले अभिभावकहरुको सहमतिमा मास्कसहितको सामाजिक दूरी अपनाएर कक्षा सञ्चालनको अनुमति दिएको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार २०:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया