कोलकत्तामाथि चेन्नईको रोचक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहीबार साँझ भएको खेलमा चेन्नई सुपर किङ्सले रोचक जित दर्ता गरेको छ । चेन्नईले कोलकाता नाइट राइडर्स ६ विकेटले पराजित गरेको हो ।​

दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो व्याटिङ गरेको कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नईले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा भेटेको हो ।​

चेन्नईका लागि रुतुराज गायकवाडले ५३ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजाले ३१ र साम करण १३ रनमा अविजित रहे । चेन्नईको रोचक जितका लागि अन्तिम ओभरमा जडेजाले प्रहार गरेका दुई छक्का महत्वपूर्ण बने । ​

चेन्नईका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । पहिलो बलमा करणले रन बनाउन सकेनन् । दोस्रो बलमा २ र तेस्रो बलमा १ रनमात्र जोड्न सके । चौथो बल हान्न आइपुगेका जडेजाले डट खेले । त्यत्तिबेलासम्म चेन्नई निराश बनिसकेको थियो । तर, अन्तिम दुई बलमा छक्का हान्दै जडेजाले चेन्नईलाई जित दिलाएका हुन् । अन्तिम ओभरको बलिङमा कमलेश नगरकोटी थिए । 

कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २र२ विकेट लिए ।

कोलकाताका लागि नितिश रानाले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । शुवमन गिल २६, दिनेश कार्तिक अविजित २१, कप्तान इयान मोर्गन १५, रिन्कु सिंहले ११ र सुनिल नारिनले ७ रन मात्र जोडे ।​



चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए भने मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १र१ विकेट हात पारे । 

तालिकाको पुछारमा रहेको चेन्नईले जितसँगै १३ खेलमा १० अंक जोडेको छ । 



पाँचौ स्थानमा रहेको कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ । 

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार ५:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया