ओलीको सन्देश लिएर प्रदीप ज्ञवाली पुगे प्रचण्ड निवास

पछिल्लो समय पार्टीमा देखिएको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली कम्मर कसेर लागेका छन् । यसका लागि उनले आफूनिकट नेताहरु प्रचण्ड निवास पठाइरहेका छन् । 

बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेल, सुवास नेम्वाङलगायत ओलीको सन्देश लिएर प्रचण्डनिवास पुगेका थिए । 

तर, उनीहरुसँगको भेटमा खासै केही उपलब्धि हुन सकेन । 

शुक्रबार विहानै प्रचण्डलाई भेट्न पुगेका छन्, ओलीनिकट अर्का नेता प्रदीप ज्ञवाली । परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले प्रचण्डसँगको भेटमा पार्टी एकतालाई टुङ्गोमा पुर्याउन दुवै अध्यक्ष एकअर्काका सहयोगी भएर अगाडि बढ्नु पर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

‘अध्यक्ष कमरेडसँग लामो समय भयो भेटघाट नभएको भन्दै ज्ञवालीले प्रचण्डलाई भेट्नु भएको हो,’ प्रचण्डनिकट स्रोतले फरकधारलाई बतायो, ‘यसमा पनि खासै केही उपलब्धि भएन ।’

पछिल्ला दिन ओली र प्रचण्डबीच टेलिफोनमा समेत कुराकानी हुन सकेको छैन । यो संवादहिनताको अवस्थालाई अन्त्य गर्न ओलीनिकट नेताहरुले कसरत गर्न थालेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १२:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया