चितवनमा ८० वर्ष कटेका दुई कोरोनाभाइरस संक्रमितको मृत्यु
फरकधार / १४ कात्तिक, २०७७

चितवनमा थप दुई कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक जना चितवनकै हुन् । अर्का एक पुरुष रुपन्देहीका हुन् । चितवन मेडिकल कलेजले जनाएअनुसार मृत्यु हुनेमा चितवनको रत्ननगरनगरपालिका ९ का ८८ वर्षका पुरुष हुन् भने रुपन्देहीका ८४ वर्षका पुरुष ।

उनीहरु दुवैलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । 

दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १२:२२:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया