सुन प्रतितोला २ सय रुपैयाँ घट्यो
फरकधार / १४ कात्तिक, २०७७

दसैंपछि बिहीबारबाट खुलेको सुनचाँदी बजारमा शुक्रबार २ सय रुपैयाँ घटेको छ । छापावाल सुन बिहीबार तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो भने शुक्रबारका लागि ९४ हजार ५ सय रुपैयाँ मूल्य कायम गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको छ । हिजो ९४ हजार २ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९४ हजार कायम भएको छ । 

महासंघले जनाएअनुसार चाँदीको मूल्यमा भने स्थीर हरेको छ । चाँदी शुक्रबारका लागि पनि तोलाको १ हजार १८० रुपैयाँमा कायम भएको छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १२:३८:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया