आइपिएल : लगातार छैटौं जितको खोजीमा पञ्जाब

इन्डियन प्रिमियर लिगअन्तर्गत आज (शुक्रबार) किंग्स ११ पञ्जाब र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार राति पौने आठ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । 

जितको शृंखला छैटौं खेलसम्म पुर्याउने दाउमा रहेको पञ्जाब आजको खेलमा जित हात पर्दै प्ले अपको सम्भावनालई अझै बलियो बनाउने प्रयासमा हुनेछ । हालसम्म १२ खेल खेलेको पन्जाब समान ६ जित र हारको नतिजासहित लिगको चौथो स्थानमा छ । 

पछिल्लो समय निकै लयमा देखिएको पञ्जाबका लागि ब्याटिङमा कप्तान केएल राहुल, मायंक अग्रवालले ब्याटिङमा तथा मोहम्मद सामी र रवि बिस्नोईले बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

राहुलले १ शतक र ५ अर्धशतकसहित ५९५ रन बनाउँदा अग्रवालले १ शतक र २ अर्धशतकसहित ३९८ रन बनाएका छन् । सामीले २० र बिस्नोईले १२ विकेट हात पारेका छन् । 

राजस्थानका लागि पनि प्ले अपको सम्भावनालाई जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ । १२ खेल खेलेको राजस्थान ५ जित र ७ हारको नतिजा सहित सातौं स्थानमा छ । 

वेन स्टोक तथा सन्जु सामसनले लय समात्नु राजस्थानका लागि राम्रो संकेत हुन सक्छ । मुम्बई विरुद्धको खेलमा स्टोकले १०७ र सामसनले ५४ रनको पारी खेलेका थिए । 



राजस्थानका लागि ब्याटिङमा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा जोफ्रा आर्चरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 
समान ३–३ अर्धशतक प्रहार गरेका सामसनले ३२६ र स्मिथले २७६ रन बनाउँदा आर्चरले १७ विकेट हात पारेका छन् । 

हालसम्म यी दुई टोलीले २० खेलमा प्रतिस्पर्धा गर्दा राजस्थानले ११ र पञ्जाबले ९ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेलमा भने पञ्जाब बलियो स्थितिमा देखिन्छ ।



उसले ३ खेल आफ्नो पक्षमा पर्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो भेटमा राजस्थान ४ विकेटले विजयी भएको थियो ।   

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १४:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया