अर्थतन्त्रमा कोरोना प्रभाव : घट्यो कच्चा तेलको माग
फाइल फोटो

सन् २०१९ मा अमेरिकाले प्रतिदिन ६० लाख ८० हजार ब्यारेल कच्चा तेल आयात गरेको युएस इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसन (इआइए)को तथ्यांक छ । यस्तै, प्रतिदिन ३० लाख ब्यारेल कच्चा तेल निर्यातसमेत गरेको थियो । 

हाल यसको तथ्यांक घटेको छ । कच्चा तेलको आयात र निर्यातको तथ्यांक अमेरिकाको मात्रै नभई विश्वभर गिरावट आएको देखिन्छ ।

इआइएको तथ्यांकअनुसार अमेरिकाले यो बर्षको जुन महिनामा गत बर्षको सोही अवधिको तुलनामा २७ हजार ८ सय ८५ ब्यारेल कच्चा तेल कम आयात गरेको छ । यस्तै, निर्याततर्फ पनि ३ लाख ४७ हजार ब्यारेल घटेका तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय अमेरिकासँगै विश्वभर नै कच्चा तेलको व्यापार नाजुक अवस्थामा रहेको ब्लु लाइन फ्युचरका व्यापार प्रमुख फिल स्ट्रेइबल बताउँछन् । उनका अनुसार गत मार्चमा निर्यात व्यापार पिकमा पुगे पनि त्यसपछिका दिनमा भने यसको व्यापार अवस्था नाजुक बन्दै गएको छ ।

यस्तै अमेरिकाबाट आयात निर्यात हुने बस्तुमा समेत ७० प्रतिशतसम्म गिरावत आएको छ । यस्तै यसको माग र आपुर्तिमा मौसमी मूृल्यले पनि असर पार्ने गरेको सिएमई ग्रुपका वरिष्ठ अर्थशास्त्री एरिक नोरल्याण्ड बताउँछन् । उनका अनुसार जाडो याममा बढ्ने यसको मागका बीच मूल्य भने घट्ने सम्भावना छ ।

कोरोना महामारी अझै केही महिना रहे तेलको व्यापारमा ठुलो आपत्ति आउन सक्ने उनको भनाइ छ । पृथ्वीको उत्तरी गोलार्धमा ९० प्रतिशत बढी मानिसको बसोबास रहेको र सो क्षेत्रमा जाडो याम लागेकाले तेलको माग र आपूर्तिमा ठुलो असर पर्ने उनी बताउँछन् । सोही अनुसार विश्वभरको कच्चा तेल आयातनिर्यात र उत्पादनमा समेत उच्च गिरावट आउने बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १५:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया