चार घण्टासम्म लाइभ गर्ने सुविधा ल्याउँदै इन्स्टाग्राम

फोटो सेयर गर्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अब चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।

यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकोमा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।   

त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेका वा त्यस्तो प्रसारण गर्न चाहनेलाई उपयोगी हुने कम्पनीका अधिकारीले विश्वास व्यक्त गरेका छन् । ‘तपाईंको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो ३० दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सक्नुहुन्छ’, इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । इन्स्टाग्रामले यो विशेषता अहिले नै लागू भइनसकेको र चाँडै नै लागू हुने पनि जानकारी दिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १५:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया