२४ घण्टामा थप ३५१७ लाई कोरोना, ४०९६ जना डिस्चार्ज
फाइल फोटो

पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार देशभर घछ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । 

जम्मा संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९६ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ। 





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १६:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया