ताइवानमा २ सय दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित छैनन्

ताइवानमा पछिल्लो २ सय दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित नदेखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।  

विश्वभरि कोरोनाको महामारी फैलिइरहेको भए पनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए । 

त्यसैगरी कोरोनाका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ । ताइवानमा झण्डै २ करोड ३० लाख जनसंख्या रहेको छ । 

ताइवानमा सबैभन्दा पछिल्लो सङ्क्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोना महामारी नियन्त्रणका लागि सफल देशका रुपमा ताइवानलाई लिन थालिएको छ । 

चिकित्सासम्बन्धी अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दाबी गरे । 



प्रतिवेदनहरूका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक वृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ । 

महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाइ छ । 



यस्तो व्यवस्था जनवरीमै लागु गरिएको थियो । साथै ताइवानले सुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो । 

ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्राकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १६:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया