टर्कीमा ठूलो भूकम्प, यसको असरले ग्रीसमा सुनामी

टर्कीमा आएको ठूलो भूकम्पले टर्की र ग्रीस दुवैमा क्षति पुगेको छ । समाचार एजेन्सी एएफपीले दिएको जानकारी अनुसार टर्कीको पश्चिम क्षेत्रमा केन्द्रविन्दु बनाएर ७ म्याग्निच्यूडको भूकम्प गएको हो । 

पश्चिम टर्कीको इजमिर प्रदेशमा केन्द्र बनाइ भूकम्प गएको हो । त्यस क्षेत्रमा भवनहरु भत्किएका फोटोहरु स्थानीयले सेयर गरेका भए पनि मानवीय क्षतिका बारेमा हालसम्म कुनै जानकारी नआएको बिबिसीले जनाएको छ । 

यो भूकम्पको धक्का ग्रीसको क्रेटे तथा सामोन टापुमा पनि महसुस गरिएको बिबिसीले जनाएको छ । ग्रीसको सामोन टापुमा यस भूकम्पबाट सानो सुनामी नै आएको छ । केही स्थानीयले सेयर गरेको भिडियोमा सहरमा सुनामी पसेर मालसामान बगाइरहेको देखिन्छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १९:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया