कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका ३४ जना बिरामी
बिहेभोज खाएर बिरामी परेका स्थानीय महाकाली अस्पतालमा उपचार गराउँदै । तस्बिर : फरकधार

कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् ।

बिहीबार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

 

उनका अनुसार शुक्रबार राति नै २९ जनालाई अस्पताल पुर्‍याइएको थियो भने शनिबार बिहान थप ५ जनालाई अस्पताल पुर्‍याइएको छ । बिहे भोज खाएकाहरुमा ज्वरो आउने, पखला र वान्ता हुने समस्या देखिएको छ । बिरामी पर्नेमा महिला र बालबालिका बढी छन् ।

उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ। भोज खाने सबैलाई फूड प्वोइजन भएको चिकित्सकले बताएका छन्।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १२:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया