गेललाई म्याच ‘फि’को दस प्रतिशत जरिवाना

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति राजस्थान रोयल्स विरुद्धको खेलमा शतक प्रहार गर्नबाट मात्र १ रनले चुकेका किंग्स ११ पञ्जावका ब्याट्सम्यान क्रिस गेललाई आयोजक कमिटीले म्याच फिको दश प्रतिशत जरिवाना गराएको छ । 

खेलको २० औं ओभरको तेस्रो बलमा जोर्फा आर्चरबाट ९९ रनमा बोल्ड आउट भएका गेलले शतक प्रहार गर्न नसकेको रिसमा आफ्नो ब्याटलाई मैदानमा फालेका थिए । जुन खेल भावना विपरीत कार्य हो । 

आयोजक कमिटीले गेललाई जरिवाना लगाएको ठोस कारण नबताए पनि सहजै अनुमान लगाउन सकिन्छ कि उनलाई खेल भावना विपरीत कार्य गरेकै कारण यो सजाय दिइएको हो । गेलले पनि आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । उक्त खेल पञ्जाबले ७ विकेटले गुमाएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १४:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया