ओलीलाई प्रचण्डको प्रश्नः पार्टी बैठकमा एकथोक, कार्यान्वयनमा मनपरी किन ?

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको छ । यसअघि सचिवालय र स्थायी कमिटिको बैठकको निर्णय विपरीत ओलीले एकलौटी गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीसँगको भेटलाई इन्कार गरेका थिए ।  

विगत ११ दिनपछि दुई अध्यक्षबीचको यो पहिलो भेट हो । यसअघि अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायत दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आएका थिए । 

बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णय र नियुक्ति तथा सरकारका काम कारबाहीको समीक्षा गर्न तत्काल सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् । 

पछिल्लो भेटमा प्रचण्डले भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले गरेको भेट, राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायत विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । यिनै विषयमा छलफल गर्न प्रचण्डले सचिवालयको बैठक माग गर्नुभएको हो ।

पार्टीको बैठकमा एउटा गर्छु भन्ने तर व्यवहार अर्कै किन गरिरहेको ? भन्दै प्रचण्डले ओलीलाई प्रश्न गरेका छन् । यसबारे ओलीले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १७:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया