आइपिएल : जित्नैपर्ने दवावमा पञ्जाब, राजस्थान र कोलकाता

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुँदैछन् । आज हुने खेलमा चेन्नई सुपर किंग्सले किंग्स ११ पञ्जाब र राजस्थान रोयल्सले कोलकाता नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्दैछन् । 

नेपाली समय अनुसार आज दिउँसो पौने ४ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा चेन्नई सुपर किंग्स र किंग्स ११ पञ्जाबको सामना गर्नेछ ।
प्ले अफको सम्भावना कायममै राख्न पञ्जाबलाई आजको खेल जित्नै पर्ने दबाब छ । हाल पञ्जाब १३ खेलबाट ६ जित र ७ हारको नतिजासहित लिगको पाचौँ स्थानमा छ।
क्रिस गेल लयमा देखिनु पञ्जाबका लागि राम्रो संकेत हुन सक्छ । उनले राजस्थानविरुद्धको खेलमा ९९ रनको पारी खेलेका थिए । 

पञ्जाका लागि ब्याटिङमा कप्तान केएल राहुल र निकोलस पुरनले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा मोहम्मद शामी र रबी बिस्नोइले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 
राहुलले १ शतक र ५ अर्धशतक सहित ६४१ र पुरनले २ अर्धशतक सहित ३५१ रन बनाएका छन् । शामीले २० विकेट हात पार्दा बिस्नोइले १२ विकेट लिएका छन् ।
प्ले अपको दौडबाट बाहिरिसकेको चेन्नई आजको खेलमा आफ्नो प्रतिष्ठा जोगाउने प्रयासमा हुनेछ । हाल उ १३ खेलबाट ५ जित र ८ हारको नतिजा सहित लिगको अन्तिम स्थानमा छ ।

धोनी कप्तान रहेका चेन्नई यो सिजन उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । उसको ब्याटिङ फाफ डुप्लेसिस र अम्बती रायडु तथा बलिङ साम करन र दिपक चहरमा निर्भर देखिन्छ । 

डुप्लेसिसले ४ अर्धशतक सहित ४०१ र रायडुले १ अर्धशतक सहित ३२९ रन बनाउँदा करनले १३ र चाहरले १२ विकेट हात पारेका छन् ।
हालसम्म यी दुई टोलीले २२ खेलमा प्रतिस्पर्धा गर्दा चेन्नईले १३ र पञ्जाबले ९ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेलमा पनि चेन्नई नै बलियो देखिन्छ ।
चेन्नईले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो भेटमा चेन्नईले पञ्जाबमापथ १० विकेटको जित हात पारेको थियो । 



कोलकाता र राजस्थान दुवैलाई दावाव

आज नै नेपाली समय अनुसार राती पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा राजस्थान रोयल्स र कोलकात्ता नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन् । प्ले अफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दवाव छ ।



बेन स्टोक लयमा देखिनु राजस्थानका लागि राम्रो संकेत हो । उनले पञ्जाबविरुद्धको खेलमा ५० रनको पारी खेलेका थिए । 
हाल १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको छौटौं स्थानमा रहेको राजस्थानका लागि ब्याटिङमा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले तथा बलिङमा जोर्फा आर्चरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

समान ३–३ अर्धशतक प्रहार गरेका सामसनले ३७४ र स्मिथले ३०७ रन बनाउँदा  आर्चरले १९ विकेट लिएका छन् । हाल १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको ७ औं स्थानमा रहको कोलकत्ताका लागि ब्याटिङमा शुभमान गिल, नितिस राना र कप्तान इयान मोर्गनले राम्रो प्रदर्शन गरिरहेका छन् ।  बलिङमा वरुण चक्रवर्तीले टोलीका लागि राम्रो योगदान गरिरहेका छन् । 

 समान ३–३ अर्धशतक प्रहार गरेका गिलले ४०४ र रानाले ३५२ रन बनाउँदा  मोर्गनले ३५० रन बनाएका छन् । चक्रवर्तीले १५ विकेट लिएका छन् । 
हालसम्म यी दुई टोलीले २२ खेलमा प्रतिस्पर्धा गर्दा कोलकाताले ११ र राजस्थानले १० खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल बिना नतिजा टुंगिएको छ । पछिल्ला पाँच खेलमा पनि कोलकत्ता नै बलियो देखिन्छ । 

उसले ४ खेल आफ्नो पक्षमा पर्दा मात्र एक खेल गुमाएको छ । यो सिजनको पहिलो खेलमा कोलकाता ३७ रनले विजयी भएको थियो ।  

  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १३:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया