नेकपा एकता गम्भीर संकटमा : महासचिव पौडेल
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण उत्पन्न भएको संकेतसमेत गरेका छन् । पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत उनले औँल्याएका छन् ।

‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन,’ उनले थप लेखेका छन्, ‘तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’ 

जुन उद्देश्यसहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएको थियो सोबमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको उनले जनाएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १५:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया