बागलुङ नगरपालिकाले आगामी एक हप्तालाई बागलुङ बजार क्षेत्रमा ‘लकडाउन घोषण गर्न सिफारिस गरेको छ । बागलुङ बजार क्षेत्रमा समुदायस्तरमा कोरोना पहिचान भएपछि संक्रमण रोकथामका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय बागलुङलाई लकडाउन घोषण गर्न सिफारिस गरेको हो ।
यसअघि आइतबार विहान उद्योग वाणिज्य संघ बागलुङले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने सर्तसहित बन्दाबन्दी गर्न नगरपालिका र प्रशासनमा प्रस्ताव पेस गरेको थियो ।
एक हप्ता लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
कोरोना संक्रमितका सम्पर्कमा रहेका सबैको क्लोज कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने, बजारका पसलमात्र नभएर बैंक तथा वित्तिय संस्थासहित यातायात सेवा बन्द गरेर मात्रा लकडाउन गर्न उद्योग वाणिज्य संघले लिखित राय पेस गरेको थियो ।
व्यापार व्यवसायभन्दा नागरिकको स्वास्थ्य ठुलो विषय भएको उल्लेख गर्दै संघले सर्तसहितका लकडाउन न्युनतम १४ दिनसम्म गर्न सकिने राय पेस गरेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।