गण्डकीमा एकैदिन हालसम्मकै धेरै ४३१ संक्रमित थपिए

गण्डकी प्रदेशमा आइतबार चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या प्रदेशमा हालसम्म एकै दिन देखिएको धेरै हो । थपिएकासँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या सात हजार सात सय ४० पुगेको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्तिमा बागलुङका तीनजनामा, गोरखाका पाँच जनामा, कास्कीका छ जनामा, लमजुङका दुई जनामा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई जनामा, स्याङ्जाका एक जनामा र तनहुँका ११ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

दोस्रो विज्ञप्तिमा कास्कीका ३२ जनामा, तेस्रो विज्ञप्तिमा कास्कीका ४३ जनामा, तनहुँका दुई जनामा, गोरखाका एकजनामा, म्याग्दीका एकजनामा र स्याङ्जाका दुईजनामा सङ्क्रमणको पुष्टि भएको छ । 

चौथो विज्ञप्तिमा जनाएअनुसार स्याङ्जामा तीनजना, पर्वतमा दुईजना, लमजुङमा आठजना, तनहुँमा पाँचजना, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १४ जना, कास्कीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पाँचौँ विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १५ जनामा, गोरखाका पाँचजनामा, तनहुँका तीनजनामा, कास्कीका एकजनामा र लमजुङका एक जनामा सङ्क्रमणको पुष्टि गरिएको छ।

छैटौँ विज्ञप्तिमा कास्कीका ५६ जनामा, बागलुङका एक जनामा, पर्वतका एक जनामा, स्याङ्जाका एक जनामा, तनहुँका चार जनामा र म्याग्दीका एक जनामा सङ्क्रमणको पुष्टि भएको जनाइएको छ ।



सातौँ विज्ञप्तिअनुसार कास्कीमा ८८ जना, बागलुङमा चार जना, गोरखाका १४, लमजुङका सात जना, म्याग्दीमा पाँच जना, पर्वतमा नौ जना, स्याङ्जामा तीन जना र तनहुँमा १४ जना सङ्क्रमित थपिएका छन् ।

आठौँ विज्ञप्तिअनुसार कास्कीमा ३७ जनामा, बागलुङका एक जनामा र तनहुँका एकजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।



स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर एन्ड डाइग्नोष्टिक प्रालि पोखरा र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएका परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार २०:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया