नेकपालाई फुटबाट जोगाउन प्रवक्ताको यस्तो अपिल

नेकपामा देखिएको पछिल्लो विवाद फुटतर्फ उन्मुख भएको चर्चा चलिरहेको छ । यसैबीच नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको एकता कायम राख्नका लागि अपिल गरेका छन् । आइबार राति सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै श्रेष्ठले पार्टीको फुट, जनचाहना र जनादेशविरुद्ध हुने बताएका हुन्। 

‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकदाताबाट चाहाना र जनादेश विरुद्ध हुन्छ।’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौँ।’

पार्टीको बैठक  बसेर सबै पक्षबारे खुल्ला छलफल गर्नुपर्ने उनले बताएका छन्। प्रवक्ता श्रेष्ठले व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने र कसैको हित नहुने बताएका छन्। 

देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न उनले आग्रह गरेका छन् । पार्टी फुटाउन देशी र विदेशी प्रतिकृयावादी शक्ति लागेको दावी प्रवक्ता श्रेष्ठको छ। 

‘जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरूको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौँ’ श्रेष्ठले भनेका छन्। 





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार ७:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया