चितवनमा २, विराटनगरमा २ कोरोना संक्रमितको निधन

चितवनमा र विराटनगरमा पछिल्लो २४ घन्टामा २–२ जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।

चितवनमा भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङकी ६१ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको हो । उनीहरु केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । 

यी दुवैको स्वास्थ्यमा समस्या थियो । उनहिरुको श्वासप्रश्वासमा समस्या भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, विराटनगरमा पनि दुई कोरोना संक्रमितको निधन भएको छ । विराटनगरका ७० वर्षीय वृद्ध र झापा दमकका ७२ वर्षीय पुरुषको पछिल्लो २४ घन्टामा निधन भएको हो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार ११:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया