कोरोनाबाट विराटनगरमा ५३ वर्षीय पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–१२ का कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।  न्यूरो अस्पतालमा ५३ वर्षीय पुरुषको सोमबार बिहान ८ः५० बजेतिर मृत्यु भएको हो । 
अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ती पुरुषमा स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो ।  

होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि न्यूरोको कोभिड अस्पताल आइसोलेसनमा कात्तिक १५ गते भर्ना गरिएको थियो । मृतकमा कोरोना संक्रमणसँगै निमोनिया र उच्च रक्तचापको समस्या देखिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १२:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया