राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार र सत्तारुढ दल कोरोना महामारी व्यवस्थापनलाई पूर्ण बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न मात्र उद्धत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘हजारौं मानिसलाई कोरोना भाइरस संक्रमण भइरहेको छ । काठमाडौंमा मात्र दैनिक झण्डै १५०० संक्रमित छन्,’ राप्रपा अध्यक्ष राणाले सोमबार ट्विट गर्दै भने । ‘तर रोग निवारण, व्यवस्थापनमा सरकारको पूर्ण बेवास्ता छ, कुनै ध्यान छैन ।’
सत्तारुढ नेकपाभित्र अनवरत जारी सत्ता केन्द्रित झगडाले जनस्वास्थ्य र जनकल्याण पूर्ण ओझेलमा परेको भन्दै राणाले सरकारको लापरबाहीको आलोचना गरेका छन् ।
उनले भने, ‘पार्टीभित्रको झगडा कसरी जित्ने बाहेक अरू केही चिन्ता देखिन्न । सरकार र सत्तारुढ दलबाट यस्तो लापरबाही कति दिन चल्ने ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।