कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।
एकजना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएपछि प्रशासनले अर्को सूचना नआएसम्मका लागि भन्दै मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको हो ।
संक्रमण पुष्टि भएका एकजना कर्मचारीले दुई दिनअघि परीक्षणका लागि स्वाब दिएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रशासनले सोमबार सूचना जारी गरेर कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि शान्ति सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गरिएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।