चुराेटबाट सल्किएकाे आगाेले गयाे महिलाकाे ज्यान

सल्यानमा आगोमा परि सोमबार एक महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका–२, गैरागाउँकी ५३ वर्षीया पार्वती खड्काको मृत्यु भएको हो।

घरको कोठामा सुतिरहेको अवस्थामा एक्कासी आछ्यानमा आगो लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए। मृतक पार्वती एक्लै सुतिरहेका बेला ओछ्यानमा आगो लागेको थियो।

‘मृतकको कोठा भरि चुरोटमात्र थियो,’ प्रहरी निरीक्षक ओलीले भने, ‘चुरोट खाएर ननिभेको ठुटा कोठामा जथाभावी फाल्दा आगलागी भएको अनुमान छ।’

ननिभेको चुरोटको ठुटा डस्नामासम्म पुग्दा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कोठामा आगो लाग्दा उक्त महिलाको निस्सासियर मृत्यु भएको र पछि जलेको हुन सक्ने स्थानीयले बताए। उनका दुवै खुट्टा जलेर खरानी भएको छ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार २३:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया