किशोरीको बलात्कार र हत्या प्रयासको आरोप लागेका प्रहरी जवान पक्राउ

१५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका डोटी गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन् । सोमबार राति प्रहरी जवान सुशील सिंहलाई कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

जोरायल गाउँपालिका–५ की किशोरीको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै सोमबार दिउँसो परिवारले प्रहरी जवान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको थियो ।

निमित्त प्रमुख सिंहले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए । ‘यथाशीघ्र सत्यतथ्य जाँचबुझ गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गरिन्छ,’ उनले भने, ‘अस्थायी प्रहरी चौकी गड्सेराका इन्चार्जको भूमिकाबारे समेत कुरा उठेपछि उनलाई जिल्लामा तानिएको छ, आरोपितलाई पक्रेर जिल्ला पुर्‍याइएको छ । चाँडै सत्यतथ्य बाहिर ल्याउँछौँ ।’

कात्तिक १३ गते राति घटना भएको किशोरीका बुबाले बताएका छन् । उनका अनुसार सिंहले राति ११ बजे छोरीलाई घरमा सुतेकै कोठामा बलात्कार गरी सलले घाँटीमा बाँधेको र मृत्यु भएको ठानी कोदोबारीमा फालेको अवस्थामा फेला पारिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १३:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया