जो बाइडेनको पक्षमा ओबामाको यो फोन, जसले कमाइरहेछ नेपालमा पनि प्रशंसा

अहिले अमेरिका चुनावमय भएको छ । चार वर्षका लागि अमेरिकामा अब राष्ट्रपति को हुने भन्ने भोलिसम्ममा निक्र्योल हुनेछ । 

चुनावी अभियानमा भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले आआफूले निर्वाचन जित्ने दाबी गरेका छन् । दुवैले यसका लागि अनेक तर्क पनि दिएका छन् । 

यहीबीच अहिले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एउटा फोन कल व्यापक भाइरल भएको छ । यो फोन कल अरु देशहरुमा मात्र होइन, नेपालमा पनि पूरै सेयर गरिएको छ । नेपालमा यो भिडियोलाई सेयर गर्नेहरुले एउटा नेता हुनु कति कठिन हो भन्ने सबैले थाहा पाउनु पर्ने बताएका छन् । 

भिडियोमा बाराक ओबामाले एक अमेरिकी नागरिकलाई फोन गर्छन् र जो बाइडेनलाई मत दिन अनुरोध गर्छन् । उनले आफूले अहिले फोन बैंकिङ गरेर भोट मागेको बताउँछन् । 

सालिन शैलीमा उनले गरेको फोनमा उनी आठ महिनाका बालकसँग पनि जोडिन खोजेको बताउँछन् किनकि उनले जसलाई फोन गरेका थिए, ती महिलाका आठ महिने छोराको आवाज फोनमा सुनिएको हुन्छ । 

हेर्नुहोस्, नेपालमा पनि चर्चा कमाएको उनको यो भिडियोः





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १४:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया