चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भू–भाग मिच्यो भन्ने रिपोर्ट निराधार रहेको स्पष्ट पार्दै सो रिपोर्ट अफवाह फैलाउने उद्देश्यले आएको बताएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरेर चीनले नेपाली भूमि मिचेको भन्ने कुरा निराधार भएको बताएका हुन् ।
बेलाबखत चीनले १५० हेक्टरभन्दा बढी नेपाली जमिन मिचेको भन्ने समाचार विभिन्न मिडियामा आउने गरेका छन् । सो विषयमा गम्भीर अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउन प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गर्दै आएको छ ।
केही दिन अघि परराष्ट्र मन्त्रालयले यस्तै समाचार आएपछि चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।