आगामि चार वर्षका लागि नेतृत्व छान्न अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा आज विश्वको नजर रहेको छ । विश्वभरका मिडियाले विभिन्न किसिमका समाचार र एनलाइसिस प्रकाशन गरिरहेका छन् ।
यहीबीच अमेरिकामा गरिएको एक एक्जिट पोलको अनुमानमा अहिलेको निर्वाचनमा झन्डै ९० प्रतिशत अश्वेत अमेरिकीले ट्रम्पलाई अस्वीकार गरेको देखाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसअघि पनि अश्वेतहरुका लागि अनुदार भएको चर्चा अमेरिकामा चल्ने गरेको थियो ।
जर्ज फ्लोयडको हत्या र त्यसपछिका प्रसंगमा पनि अमेरिकीहरुले ट्रम्पलाई अस्वीकार गरिरहेका छन् ।
एडिसन रिसर्चले गरेको एक्जिट पोल सर्वेक्षणलाई अब बिबिसीले प्रकाशन गरेको छ । त्यसमा प्रष्ट देख्न सकिन्छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ प्रतिशत अश्वेतले मात्र स्वीकार गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।